काठमाडौं, २५ असार । संसद् गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छुट्टै छलफल भइरहेको छ।
सिंहदरबारस्थित् प्रधानमन्त्री कार्यालयमा भइरहेको छलफलमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीमात्रै सहभागी छन्। हिजो(आइतबार) भएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी रहेपनि सोमबारको बैठकमा देउवा सहभागी छैनन्।
आइतबार भएको सहमती केही बेरमा भाडिएपछि दुई नेताहरू गोप्य छलफलमा लागेका हुन्। अध्यक्ष ओलीको माग सम्बोधनगरि संसद् खुलाउनका लागि प्रधानमन्त्री प्रचण्डले गहिरो छलफल गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सो छलफलमा ओलीको माग सम्बोधनगरि संसद् खुलाउनका प्रधानमन्त्री प्रचण्ड ओलीसँग कति झुक्छन् भन्ने राजनीतिक विश्लेषकहरूको चासो रहेको छ।
यदि प्रचण्ड आफ्ना निर्णयहरूमा झुकेमात्रै संसद् गतिरोध अन्त्य हुने अनुमान गरिएको छ।
file photo