Logo

पाँच वर्षलाई पुग्ने गरेर लगभग ६० लाख पासपोर्ट छाप्ने निर्णय भएको छ : परराष्ट्रमन्त्री साउद



काठमाडौं, २५ असार । परराष्ट्रमन्त्री एनपी साउदले पाँच वर्षलाई पुग्ने गरेर लगभग ६० लाख पासपोर्ट छाप्ने निर्णय भइसकेको बताएका छन्।

सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै मन्त्री साउदले पाँच वर्षका लागि पुग्ने लगभग ६० लाख पासपोर्ट छाप्ने मन्त्रिपरिषद्‍मा निर्णय भएको जानकारी दिएका छन्।

उनले भने, ‘पासपोर्ट जुनसुकै बेला पनि अभाव हुनसक्ने गर्न हुन्न भनेर लामो अवधिका लागि पासपोर्ट छपाइ गर्ने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको छ। पाँच वर्षलाई पुग्ने गरेर लगभग ६० लाख पासपोर्ट छाप्ने निर्णय गरिएको छ। यो निर्णय अब टेन्डरको प्रक्रियामा जानकारी समितिलाई गराउँदछु।’



प्रतिक्रिया दिनुहोस्