Logo

सदन अवरोधबारे ओली भन्छन्: ‘पार्लियामेन्टमा थाहा हुन्छ’



काठमाडौं,२५ असार । संसद्को अवरोध हटाउने बारेमा छलफल गर्न बसेको शीर्ष तिन दलको बैठक सकिएको छ ।

सिंहदरबारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा आलीबीच भएको बैठकमा निरन्तररुपमा हुँदै आएको सदन अवरोध हटाउने बारेमा छलफल भएको बताइएको छ ।

बैठकबाट बाहिरिँदै एमाले अध्यक्ष ओलीले भने बैठकमा के भयो भन्ने पत्रकारहरुको प्रश्नमा,‘पार्लियामेन्टमा थाहा हुन्छ ।’भन्ने जवाफ दिएका छन् ।

प्रतिनिधिसभाको बैठक सोमबार नै दिउँसो ३ बजेका लागि बोलाइएको छ ।



प्रतिक्रिया दिनुहोस्