Logo

प्रचण्डसँगको छलफलपछि एमाले संसदीय दलको बैठक सुरु



काठमाडौं,२५ असार । नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो ।

प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै निरन्तररुपमा सदन अवरुद्ध गर्दै आएको एमाले आज बसेको शीर्ष तीन दलको छलफलपछि सदन खुलाउन तयार भएको छ ।

सिंहदरबारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा आलीबीच भएको छलफलमा निरन्तररुपमा हुँदै आएको सदन अवरोध हटाउने बारेमा छलफल भएको थियो ।

उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले माफी माग्दै सनमा आफ्नो कुरा राख्ने सहमति भएपछि एमाले सदन सूचारु गर्न तयार भएको हो ।



प्रतिक्रिया दिनुहोस्