काठमाडौं, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा सम्बोधन गर्ने भएसँगै संसद् गतिरोध अन्त्य हुने भएको छ।
सिंहदरबारमा शीर्ष तीन नेताहरूको छलफलमा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएसँगै संसद् अवरोध अन्त्य हुने भएको हो।
बैठकमा भएको सहमतीको बारेमा कुनै जानकारी नआएपनि प्रधानमन्त्री प्रचण्डले सदनमा आफूले दिएको अभिव्यक्तिको बारेमा जवाफ दिने सहमती भएको नेताहरूले बताएका छन्।
यस्तै, प्रधानमन्त्री प्रचण्डलेपनि आफू सदनमा जान लागेको र त्यहाँ सम्बोधन गर्ने बताएका छन्।