Logo

कोशीका मुख्यमन्त्रीको नियुक्तिविरुद्धको रिटमा आजपनि सुनुवाई हुने सम्भावना न्यून



काठमाडौं,२५ असार । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज पनि सुनुवाई हुने सम्भावना न्यून देखिएको छ ।

गत शुक्रबार निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट उनका वारेस पवनकुमार निरौलाले दायर गरेको रिट आज न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा परेको छ । यो मुद्दा माथेमाको इजलासको २४औं नम्बरमा परेको छ ।

आइतबार पनि उक्त रिट न्यायाधीश डा आनन्दमोहन भट्टराइएको एकल इजलासको १०औं नम्बरमा परेको थियो तर सो दिन न्यायाधीश भट्टराई अर्को संयुक्त इजलासमा बस्नुपर्ने भएको हुँदा मुद्दा हेर्न नभ्याईनेमा परेको थियो ।

आज एकल इजलासमा नै परेको भएतापनि मुद्दाको क्रम सूचीको २४औं स्थानमा रहेको हुँदा समय अभावको कारण रिटमाथि सुनुवाई नहुने सम्भावन ज्यादा देखिन्छ ।

थापालाई मुख्यमन्त्री बनाउन बहुमत जुट्न नसकेपछि सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर गराएर बहुमत पुर्‍याइएको थियो ।

माओवादी केन्द्रबाट निर्वाचित सभामुख गौतमले सभामुख पदमा निर्वाचित भएकै दिन आफ्नो दल त्याग गरेको घोषणा गरेका थिए । तर अहिले सरकार बनाउने र गिराउने खेलमा सहभागी भएपछि एमालेले त्यस्लाई असंबैधानिक भन्दै उक्त निर्णय खारेजीको मागसहित अदालतमा मुद्दा दायर गरेको हो ।



प्रतिक्रिया दिनुहोस्