काठमाडौं,२५ असार । प्रतिनिधिसभाको बैठक चार दिनका लागि स्थगित भएको छ ।
लगाताररुपमा अवरुद्ध हुँदै आएको बैठक तीन दलका शीर्ष नेताहरुबीच भएको छलफलपछि खआज सञ्चालनमा आएको थियो ।
सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना अभिव्यक्तिका सम्बन्धमा सदनमा प्रष्टीकरण दिएका थिए ।
प्रधानमन्त्री दानहालको प्रष्टीकरणपछि तत्कालित राष्ट्रियसभाका सदस्य लालकाजी गुरुङ्गको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शोक प्रस्ताव पारित भएसँगै बैठक शुक्रबार सम्मका लागि स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी गराएका छन् । बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ ।