काठमाडौं, २५ असार । नेपाली कांग्रेस नेतृ एवं प्रतिनिधिसभा सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू जोडिएको प्रहरीकहाँ भएको टेप रेकर्ड कसरी बाहिर आएको भन्दै प्रश्न गरेकी छिन्।
सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू जोडिएको प्रहरीकहाँ भएको टेप रेकर्ड कसरी बाहिर आएको भन्दै प्रश्न गरेकी हुन्।
उनले भने, ‘प्रहरीकहाँ भएको टेप रेकर्ड कसरी बाहिर आयो? अभियुक्तको बयानमै यो अडियो गलत भन्ने सावित भइसकेको छ। गलत भन्ने थाहा पाउँदा पाउँदै प्रहरीबाट कसरी बाहिर आयो? यसमा तथ्य नै छैन भन्ने थाहा हुँदाहुँदै बाहिर कसरी ल्याइयो। यो मेरोविरुद्ध षड्यन्त्र भएको हो।’