Logo

अन्ततः एमाले प्रधानमन्त्री प्रचण्डको राजीनामाबाट ‘ब्याक’



काठमाडौं, २६ असार । नेकपा (एमाले) प्रधानमन्त्रीको राजीनामाको मागबाट व्याक भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो (सोमबार) प्रतिनिधि सभामा आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिएपछि एमाले उनको राजीनामाको एजेण्डाबाट ब्याक भएको हो ।

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशको प्रधानमन्त्रीले गल्ती स्वीकार गर्नुपनि राजीनामा सरह नै भएको बताएका हुन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भएपनि गल्ती स्वीकार गरेकाले आफूहरु व्याक भएको बताएका हुन् ।

‘राजीनामाबाट तपाईँहरु व्याक हुनुको पछाडि लेनदेन छ ?’ भन्ने धमलाको प्रश्नमा उनले भने, ‘छैन । हामीले दुईवटा कुरा गरेका थियौं, तपाईँले यो अभिव्यीक्तका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्नुस् वा गल्ती स्वीकार गर्नुस् । उहाँले दोस्रो बाटो रोज्नुभयो । गल्ती स्वीकार गर्नुभयो र आफ्नो पदको रक्षा गर्नुभयो ।’ File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्