काठमाडौं,असार २६ । पाँच यात्रु र एक चालकसहित ६ जना सवार लागि उडेको मनाङ एयरको सम्पर्कविहीन हेलिकप्टर सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकाको लामाजुरा डाँडामा दुर्घटना भएको आशङ्का गरिएको छ ।
मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १० मिनेटमा सुर्केबाट उडेको थियो । काठमाडौँको लागि उडेको केही मिनेटमा हेलिकप्टर सम्पर्क विहीन भएको छ । हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार छन् ।