काठमाडौं,२६ असार । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको ९-एनए एमभी कलसाइन भएको मनाङ एयरको दुर्घटनाग्रस्त हेलिकोप्टरमा सवार ५ जनाको शव फेला परेको छ ।
सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ साविक भकान्जे गाविसस्थित लामाजुराको चिहानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हेलिकप्टरमा सवार ६ जनामध्ये ५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । भने एक जनाको अवस्था अझै अज्ञात रहेको छ ।
सोलुबाट कठमाडौँका लागि उडेको हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।