Logo

सरकारले हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति बनाउने



काठमाडौं,२६ असार । सरकारले मंगलबार सोलुखुम्बुमा भएको मनाङ एयरको हेलेकप्टर दुर्घटनाको विषयमा अध्ययन गर्न छानबिन समिति बनाउने भएको छ ।

संस्कृतति पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किराँतीले भोलिसम्मा सरकराले छानबिन समिति बनाउने जानकारी गराएका छन् । जनकपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुगेका मन्त्री किराँतीले संवेदनशील विषय भएकाले उक्त विषयमा सत्यतथ्य छानबिन गर्ने प्रतिवद्धता जनाए ।

‘हामीले डे वान देखि नै सेफ्टी फस्र्ट भनेर यही नारा उच्चारण गरेका छौँ। सेफ्टीमा कुनै सम्झौता हुँदैन। दुर्घटना नहोस् भनेर नै हामीले सेफ्टी फस्र्ट भनेका छौँ,’ उनले भने, ‘हाम्रो पहिलो सर्त सुरक्षा हो। हामी छलफल बहसमा नै छौँ, कसरी सेफ्टीलाई उठाउन सकिन्छ भनेर छलफलमा छौँ। अब छानबिन समिति बन्छ, हामी गएर बनाउँछौँ। भोलिसम्ममा गठन हुन्छ।’

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको ९-एनए एमभी कलसाइन भएको मनाङ एयरको दुर्घटनाग्रस्त हेलिकोप्टरमा सवार सबै ६ जनाको निधन भएको थियो ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ साविक भकान्जे गाविसस्थित लामाजुराको चिहानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हेलिकप्टरमा सवार सबै ६ जनाको शव प्रहरीले संकलन गरेको छ ।  file photo



प्रतिक्रिया दिनुहोस्