Logo

सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि पेसिरडाँडामा (फोटोफिचर)



काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ । आज (बुधबार) बिहान ८ः ३० बजे नर्भिक अस्पतालमा उनको निधन भएको हो ।

श्रध्दाञ्जलीका लागि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा उनको पार्थिव शरीर राखिने र २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने बताइएको छ ।

सीता पार्टीको सल्लाहकारसमेत हुन् । उनको निधनसँगै प्रधानमन्त्री प्रचण्डले परिवारका तीन सदस्य गुमाएका छन् । यसअघि क्यान्सरका कारण जेठी छोरी ज्ञानु र एकमात्र छोरा प्रकाशलाइ गुमाएका थिए । Photo By: Mukunda Kalikote/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्