Logo

हामी असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न प्रतिवद्ध छौँ : मन्त्री ज्वाला



काठमाडौं, २८ असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न प्रतिवद्ध रहेको बताएका छन्।

बिहीबार राष्ट्रियसभामा बोल्दै मन्त्री ज्वालाले सरकार असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न प्रतिवद्ध रहेको बताएका हुन्।

उनले भने,‘निश्चयपनि सडक निर्माण एक प्राविधिक विषय हो । बिना अध्ययन डोजर चालकको भरमा सडक निर्माण हुँदा अनेकौँ प्राकृतिक विपत्ति हुँदै गइरहेको कुरा सत्य हो । कठिन भू–बनोटबाट सडक निर्माण गर्नुपर्ने, चलायमान पहाडको पाखामा सडक निर्माण गर्नुपर्ने, सडक निर्माणको क्रममा निस्किएका ढुंगा माटोको उचित व्यवस्थापन नहुँदा त्यस्तो डोजरे विकासले सयौँ बिगाहा खेतीयोग्य भुमि पुरिने र बहुमुल्य पुल तथा पूर्वाधारमा क्षति हुने गरेको छ । हामी असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न प्रतिवद्ध छौँ । राजधानी काठमाडौं र विभिन्न राजमार्गका खाल्डाखुल्डी मर्मत सम्भार गरेर यात्रुहरुलाई पीडा हुन नदिन मन्त्रालय अन्तर्गतका निकायहरुलाई निर्देशन दिइसकिएको छ ।’



प्रतिक्रिया दिनुहोस्