काठमाडौं, २८ असार । सहरी विकासमन्त्री सीता गुरूङले सघन सहरी विकास कार्यक्रम पहाड र हिमालमा पनि विस्तार गरिएको बताएकी छिन्।
बिहीबार राष्ट्रियसभामा बोल्दै मन्त्री गुरूङले सघन सहरी विकास कार्यक्रम पहाड र हिमालमा पनि विस्तार गरिएको र आगामी वर्ष ५१ नगरपालिकामा विस्तार गरिने बताएकी हुन्।
उनले भनिन्,‘भारतसँग सीमा जोडिएका २१ जिल्ला सदरमुकामका नगरपालिकाको पूर्वाधार विकास गर्न सञ्चालित सघन सहरी विकास कार्यक्रम अब पहाड र हिमालमा पनि विस्तार गरिएको छ। जसअन्तर्गत आगामी वर्षबाट ५१ नगरपालिकामा सघन सहरी विकास कार्यक्रम विस्तार गरिएको छ। त्यस्ता नगरपालिकाको छनोट गर्दा महिला मेयर भएका नगरपालिकालाई प्राथमिकतामा राखेर छनोट गरिएको छ।’