Logo

विश्वविद्यालय छाता ऐनसम्बन्धी विधेयक प्रक्रियामा छ: शिक्षामन्त्री राई



काठमाडौं,२८ असार । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विश्वविद्यालय छाता ऐनसम्बन्धी विधेयक प्रक्रियामा रहेको बताएका छन् ।

बिहीबार विनियोजित बजेटमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिन राष्ट्रियसभामा उपस्थित भएका राईले सो विधेयक अर्थ मन्त्रालयबाट शिक्षा मन्त्रालयमा आएपछि अगाडि बढ्ने बताए ।

उनले भने,‘विश्वविद्यालय छाता ऐनसम्बन्धी विधेयक प्रक्रियामा रहेको कुरा निवेदन गर्छु । यो अर्थ मन्त्रालयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आएपछि क्रमशः अगाडी बढ्ने कुरा निवेदन गर्छु । यसमा नै एकीकृत सेवा आयोगसम्बन्धी व्यवस्थालाई समाहित गरिने कुरापनि म निवेदन गर्न चाहन्छु । गेटा मेडिकल कलेजको बारेमा स्वास्थ्य मन्त्रीज्युले चाँडै नै यही आर्थिक वर्षमा मेडिकल कलेज शुरु हुन्छ भनेर जवाफ दिइसक्नुभएको छ । यसलाई विश्वविद्यालयको रुपमा अगाडी बढाउने सरकारको अठोट रहेको र सो सम्बन्धि विधेयकको तयारी भइरहेको कुरापनि म निवेदन गर्न चाहन्छु । ४० हजार राहत शिक्षकहरुको शिक्षण पेशाको स्थायित्वको निम्ति प्रस्तावित विद्यालय शिक्षा ऐनमा उल्लेख गरिएको कुरा पनि निवेदन गर्न चाहन्छु जो चाँडै नै सदनमा आउनेवाला छ ।’



प्रतिक्रिया दिनुहोस्