Logo

अचम्मका वैज्ञानिक ! सर्पको विषको औषधी खोज्न आफ्नै प्राण त्यागे



काठमाडौं, २९ असार । डा कार्ल स्मिट यस्ता वैज्ञानिक हुन् जसले सर्पको विषको औषधी बनाउका लागि आफ्नो ज्यान नै दिए।

सन् १९५७ तिर संसारभर नयाँ औषधी पत्ता लागिरहेका थिए। वैज्ञानिकहरू सबै प्रकारका विषका लागि एन्टिडोटहरू तयार गर्दै थिए। अमेरिकाका हर्पेटोलॉजिस्ट डा स्मिट ती व्यक्तिहरूमध्ये एक थिए।

डा स्मिटले संसारको सबैभन्दा विषालु सर्पहरूमध्ये एक बुमस्ल्याङको लागि एक एन्टिडोट बनाउन चाहन्थे। त्यसका लागि उनले धेरै प्रयास गरे तर अन्तिमसम्म सफलता नपाएपछि उनले यस्तो निर्णय लिए जुन चिकित्सा क्षेत्रमा इतिहास बन्यो।

सो सर्पको विषको औषधि बनाउन उनले आफैलाई कटाएका थिए। सर्पले टोकेपछि जेजे भयो उनले आफ्ना सबै अनुभव डायरीमा लेखे। तर, अन्ततः सर्पले टोकेको एक दिनपछि उनको मृत्यु भयो।

डायरीमा के लेखे ?
-मिति : २५ सेप्टेम्बर १९५७ थियो
-ठाउँ : शिकागो को प्राकृतिक इतिहास संग्रहालय
डा स्मिटलाई यहाँ बुमस्ल्याङ सर्पले डस्यो र त्यसपछि उनी होस् हुँदासम्म आफ्ना सबै अनुभवहरू लेखे।

उनले डायरीमा लेखेका छन् की सर्पले टोकेको केही घण्टापछि उनलाई बान्ता भएको महसुस भयो। त्यसपछि साँझपख उनलाई चिसो लाग्न थाल्यो र उनको शरीरमा ज्वरो आउन थाल्यो, राति पिसाब गर्न उठेर बाथरुम जाँदा रगत आउन थाल्यो ।

गिजाबाटसमेत रगत बग्न थाल्यो। दोस्रो दिन उनको मुख र नाकबाट रगत आउन थाल्यो। पछि आफ्नो अवस्था बिग्रिएपछि श्रीमतीलाई फोन गरेर सबै कुरा बताए।

श्रीमतीले तत्कालै उनका लागि आकस्मिक सहयोगको लागि फोन गरिन्। उनलाई अस्पताल लगियो तर, मृत्यु भयो।

सर्पको विषका कारण डाक्टर डा स्मिटको फोक्सो, आँखा, मुटु, मृगौला र मस्तिष्कभित्र रगत बग्न थालेका कारण उनको मृत्यु भएको डाक्टरले पोस्टमार्टमपछि पत्ता लगाए। -एजेन्सीको सहयोगमा

Featured Photo : Pixabay



प्रतिक्रिया दिनुहोस्