काठमाडौं, २९ असार । जनमत पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ।
बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय समितिविस्तार गर्दै २१६ सदस्यीय बनाएको छ।
यस्तै, बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति बनाउने निर्णय गरेको छ।
जनमतको विधानअनुसार केन्द्रीय समिति ३ सय ५१ जनाको बनाउनुपर्ने ब्यवस्था रहेको छ।
सूची हेर्न यहाँ क्लिक गर्नुहोस्