काठमाडौं,२९ असार । एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत नेपालले दिएको १८० रनको लक्ष्य पछयाएको पाकिस्तान ए लाई पहिलो झट्का लागेको छ ।
पाकिस्तान ए ले पहिलो झट्का स्वरुप हसेन मुल्लाहलाई गुमाएको हो । उनी पवन सर्राफको बलमा गुल्शन झाबाट क्याच आउट भएका छन् ।
आरिफ शेखको स्थानमा मौका पाएका पवनले नेपाललाइृ सुरुवाती सफलता दिलाएका छन् ।
ताजा अवस्थामा पाकिस्तान ९ ओभरको खेल चलिरहँदा १ विकेटको क्षतिमा ५० रन बनाएर खेलिरहेको छ ।