काठमाडौं,२९ असार । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले विकराल रुपमा देखा परेको लम्पिस्किन रोगको महामारी नियन्त्रण गर्न सरकार मुकदर्शक बनेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोलदै गिरीले ४ महिनाको अवधिमा ३७ अर्बको क्षति पुगेको र यो अझै बढ्नेक्रममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
गिरीले सरकारले बजेटमार्फत निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि भनेर छुट्याइएको बजेटलाई रकमान्तर गरेर भएपनि यस महामारीलाई नियन्त्र गर्न आवश्यक कदम चाल्न माग गरे ।
“लम्पिस्किनले विकराल रूप लिएको छ । धेरै किसानका दुधालुु गाई भैंसीमा मरेका छन्, यति संवेदनशील विषयमा किसान आहालमा डुबिरहेका छन् । रोइरहेका छन् । उनीहरूले कहीँबाट धर पाइरहेका छैनन् । यस्तो स्थितिमा जिम्मेवारीबाट विमुख भएर सरकारले अभिव्यक्ति दिन मिल्दैन,” गिरीले भने, “यदि सरकारसँग पैसा नपाएर राहत नपाएको भए निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रमबाट रकामान्तर गरेर भए पनि ती किसानलाई राहत उपलब्ध गराउनुपर्यो ।