काठमाडौं, २९ असार । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बालुवाटारको जग्गा प्रकरणमा ठूला माछाहरूलाई कारवाही नभएको आरोप लगाएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले बालुवाटार जग्गा प्रकरणमा सरकारले व्यापरीहरू र केही साना कर्मचाराहरूमा मात्र सरकारको ध्यान गएको आरोप लगाए।
उनले भने, ‘त्यहाँका ठूला माछाहरुलाई कारबाही होस्। व्यापारीहरुलाई मात्रै होइन, किन्नेलाई मात्रै होइन। सरकारको राजश्व तिरेर किन्ने तिनीहरुलाई कारबाही गर्ने व्यवस्थापन गरेर जग्गा बिक्री गर्ने मुलहरू को हुन्? तिनीहरूलाई कारबाही व्यवस्था गरोस्।’