Logo

देशले रगत होईन, पसिना मागेको छः सुमना श्रेष्ठ



काठमाडौं, ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ एवं प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले आफू समृद्ध नेपालको सपना देखेर राजनीतिमा आएको बताएकी छन् । आज (शनिबार) बुढानीलकण्ठमा पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरुले देखेको समृद्धिको सपना अब रगत बगाएर नभई पसिना बगाएर पूरा हुने बताईन् । अहिले देशले रगत नभएर पसिना र काम मागिरहेको उनको भनाई छ ।

‘मैले एउटा सपना देखेर राजनीतिमा लागेको हुँ । एउटा समृद्ध नेपालको सपना, जसमा सबैजना मान्छे अटाउन् । त्यसको लागि देशले रगत होईन, पसिना मागेको छ । काम मागेको छ,’– उनले भनिन् ।

उनले बुढानीलकण्ठका स्थानीय बासीहरुलाई आफ्नो वडाको बजेट हेर्न र ठीक ठाउँमा खर्च भएको वा नभएको निगरानी राख्न आग्रह गरिन् ।



प्रतिक्रिया दिनुहोस्