काठमाडौं, ३० असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनसङ्गिनी सीता दाहालको निधनप्रति पूर्वराष्ट्रपति डा रामवरण यादवले दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटार पुगेर पूर्वराष्ट्रपति डा यादवले शनिबार प्रधानमन्त्री र उनको परिवारप्रति समवेदना प्रकट गरेका हुन्।
आजै पूर्वराष्ट्रपति विद्या भण्डारीकातर्फबाट पनि माधव भण्डारीले पनि प्रधानमन्त्री र उहाँको परिवारलाई भेट गरी दुःख व्यक्त गरेका छन्।