काठमाडौं,३१ असार । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले देशैभर देखिएको गुठी जग्गा सम्बन्धिको समस्या तत्काल हल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतरबारको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै राजैनैतिक दलहरुले समाजवादको नारा लाउँदै हिडेपनि किसानका समस्या समाधान गर्ने कार्यमा अग्रसरता लिन नसकेको आरोप लगाउँदै उनले एमाले अध्यक्ष केपी शर्मा आलीको पालामा काभ्रे जिल्लामा देखिएको गुठी जग्गाको समस्या समाधान गर्न भुम्लु गाउँपालिकामा कार्यालय स्थापना गरिएको भएपनि वर्तमान सरकारले हटाएको बारेमा सरकारसँग जवाफसमेत माग गरे ।
उनले भने ‘ओलीले राखे प्रचण्डले हटाए,भुम्लुको ७ र ८ नम्बर वडामा नापी सम्बन्धिका समस्याहरु समाधान गर्न कार्यालय राखिएको थियो । तर अहिले किन फिर्ता गरिएको हो ? किसानलाई पुर्जा दिने काम किन रोकिएको हो सरकरासँग जवाफ चाहान्छु’ ।
बाँस्कोटाले लम्पिस्किनको समस्यामा परेका किसानलाई राहातको प्रवन्ध गर्न र उक्त रोगको प्रभावकारी नियन्त्रण गर्न सरकारसँग मागसमेत गरे ।