Logo

सहकारी समस्या समाधान गर्न शक्तिशाली संस्थाको आवश्यकता महशुस भयोः विश्वप्रकाश शर्मा



काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहरकारी समस्या समाधान गर्नका लागि एउटा शक्तिशाली संस्थाको परिकल्पना आवश्यक रहेको बताएका छन् । आज (आईतबार) प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले उनले अहिले देखिएको सहकारी समस्या समाधानका लागि शक्तिशाली निकायको आवश्यकता महशुस भएको बताएका हुन् ।

सहकारीकर्मीहरु अहिले आन्दोलनमा रहेको भन्दै उनले उनीहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकार्षण गराए । ‘सहकारीकर्मीहरु आन्दोलनमा छन् । केही सहकारीका कारणले गर्दा सयौं सहकारी आचोचित पनि भएका छन् । सरकारले यसलाई नियमन गर्ने एउटा शक्तिशाली संस्थाको परिकल्पना गर्नुपर्ने, सहरकारीकर्मीहरुसँग संवाद गरेर, माग पूरा गरेर समाधान गर्न आग्रह गर्न चाहन्छु,’– उनले भने । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्