Logo

चालक वा एयरलाइन्सको गल्ती देखाएर राज्यले उन्मुक्ति पाउन सक्दैन: सांसद गौतम



काठमाडौं,३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालमा पछिल्लो समय दिनप्रतिदिन बढ्दै गएको हवाई दुर्घटनाप्रति चिन्ता व्यक्त गरेकी छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै गौतमले विश्वमा नै सबैभन्दा सुरक्षित मानिने हवाई यातायात नेपालमा सबैभन्दा असुरक्षित देखिएको बताइन् । उनले यस्तो हुनु नियामकीय असक्षमता रहेको दाबी गरेकी छन् ।

उनले चालक वा एयरलाइन्सको गल्ती देखाएर राज्यले उन्मुक्ति पाउन नसक्ने प्रष्ट पारिन् ।

उनले भनिन् ‘चालक वा एयरलाइन्सको गल्ती देखाएर राज्यले उन्मुक्ति पाउन सक्दैन। यदी त्यस्तो हुने हो भने अन्यत्र पनि जहाज खसेको खस्यै हुने थिए होलान् नि तर एयरलाइन्स नै जवाफदेही हुने भए यो नियामक निकाय किन चाहिएकोरु म मन्त्रीज्यूसँग प्रश्न गर्न चाहान्छु,’ ।



प्रतिक्रिया दिनुहोस्