Logo

रास्वपा र राप्रपाले गरे सदन अवरुद्ध



काठमाडौं,३१ असार । प्रतिनिधि सभाको बैठक अवरुद्ध भएको छ ।

विधेयक पेश गर्ने प्रक्रिया नमिलेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले नियमापत्ति गरेपछि प्रतिनिधिसभाको बैठकमा अवरोध सिर्जना भएको छ ।

कानूनमन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पेश गर्ने क्रममा निर्णयार्थ पेश नभएको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नियमापत्ति गरेका थिए ।

राप्रपा र रास्वपाका सांसहरुले लगातार अवरोध गर्दै बेल घेराउमा उत्रिएपछि बैठक १५ मिनेटका लागि स्थगित् भएको छ ।



प्रतिक्रिया दिनुहोस्