Logo

न्यायीक प्रक्रियामा ढिलासुस्तीः एक लाख ६१ हजारभन्दा बढी मुद्दा विचाराधीन



काठमाडौं, ३१ असार । सर्वोच्च अदालतको मातहतमा रहेका अदालतहरुमा हाल एक लाख ६१ हजार छ सय ६६ मुद्दा विचाराधीन रहेको बताइएको छ ।आज (आईतबार) प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक वर्ष २०७९/०८०को को वार्षिक प्रतिवेदनमा यस अवधिमा एक लाख ४६ हजार ३६ मुद्दा फछ्र्यौट भएको र एक लाख ६१ हजार छ सय ६६ मुद्दा विभिन्न अदालतमा विचाराधीन रहेको उल्लेख गरिएको छ ।

जस अन्तगर्तत सर्वोच्चमा ३० हजार एक सय चार, उच्च अदालतहरुमा २६ हजार नौ सय ८२, जिल्ला अदालतहरुमा एक लाख दुई हजार पाँच सय ४२ र अन्य अदालत र न्यायाधीकरणहरुमा दुई हजार ३८ मुद्दा विचाराधीन अवस्थामा रहेको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्