Logo

आजैदेखि लागू हुनेगरी घट्यो सार्वजनिक सवारीको भाडा दर, कहाँ पुग्न कति ? (सूचीसहित)



काठमाडौं, १ साउन । सरकारले सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । आजबाट पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै सार्वजनिक सवारी साधनको भाडा दर पनि घटाइएको हो । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै पेट्रोलमा प्रतिलिटर छ रुपैयाँ र डिजेलमा चार रुपैयाँ मूल्य घटेको छ । सोही आधारमा यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा दर समायोजन गरेको हो । घटेको भाडा दर आजैदेखि लागू हुने छ ।

आज समायोजन भएको भाडामा यात्रुवहाक सवारीमा २.१३ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सवारीमा २.७८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवहाक सवारीमा ३. ०९ प्रतिशत मूल्य घटाएर भाडा दर समायोजन गरिएको छ । File Photo/Reporters Nepal 

कहाँ पुग्न कति भाडा ?

 



प्रतिक्रिया दिनुहोस्