Logo

भोलिदेखि सुरु हुने कांग्रेस केन्द्रीय समिति बैठकका यस्ता छन् एजेण्डाहरु



काठमाडौं, १ असार । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि (मंगलबार) बाट सुरु हुँदैछ । केन्द्रीय समिति बैठकको पूर्व सन्ध्यामा कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बसेर बैठकको एजेण्डा तय गरेको छ । समसामयिक विषय (आर्थिक, परराष्ट्र), सांगठनिक कार्ययोजना र कार्यतालिका, कार्यसम्पादन समितिको निर्णय प्रस्ताव लगायतका विषयमा छलफल हुने पार्टी महामन्त्री विश्वप्रकाश शर्माले बताए ।

निर्वाचन परिचालन समितिको प्रतिवेदन, नीति अधिवेशन सम्बन्धमा, विभागहरु गठन, राष्ट्रव्यापी अभियान, अनुशासन समितिको प्रतिवेदन पेश, संसदीय गतिविधिको प्रतिवेदन, सरकारको गतिविधिको समीक्षा लगायतको विषयमा छलफल हुने महामन्त्री शर्माले बताए ।

‘नेपाली कांग्रेस गएको निर्वाचनपछि प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल रहेको छ । प्रतिनिधि सभामा यसबीचमा के–कस्ता गतिविधि भए र हाम्रो भूमिका के छ, त्यहाँ कस्ता विधेयकहरु आएका छन् ? त्यहाँ हाम्रो सम्पूर्ण गतिविधि पार्टीका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले केन्द्रीय कार्यसमितिको बैठकलाई जानकारी गराउनु हुन्छ,’– शर्माले भने ।

 



प्रतिक्रिया दिनुहोस्