Logo

पर्यटन बोर्ड, एसटीएलआरपी र एनएफपीजेको सहकार्यमा तीन दिने फोटो पत्रकारिता तालिम सुरु



काठमाडौं, २ असार । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्धारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) को आयोजना, राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को सहकार्यमा तीन दिने फोटो पत्रकारिता तालिम सुरु भएको छ । आज (मंगलबार) सुरु भएको उक्त तालिममा विभिन्न सञ्चारमाध्यमममा कार्यरत ५५ जना पत्रकारहरुको सहभागिता रहेको छ ।

तालिममा फोटो पत्रकारिताका सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजनसहित नेपालको पर्यटन तथा पर्यटन पत्रकारिताको बारेमासमेत प्रशिक्षण दिइने बताइएको छ ।

तालीममा पर्यटन फोटो पत्रकारिताका क्षेत्र, पर्यटन पत्रकारिता यसका नयाँ आयाम तथा प्रयोगबारे प्रशिक्षण हुने परियोजनाले बताएको छ ।

तालिम उद्घाटन सत्रमा बोल्दै नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले परियोजनाले पर्यटन क्षेत्रमा विभिन्न तालिम सञ्चालन गरिरहेको सन्दर्भमा फोटो पत्रकारका लागि यो तालिम आयोजना गरिएको बताए ।यसले पर्यटन वीटमा कलम तथा क्यामेरा चलाउने पत्रकारहरु लाभान्वित हुने अपेक्षा गरिएको उनको भनाई छ ।

‘पर्यटनको लागि फोटो आफैमा महत्वपूर्ण विषय हो । त्यसमाथी समाचारसँगै आउने फाटोले पर्यटन प्रवर्दनमा ठूलो सघाउ पुग्छ । यो तालिमका माध्यमबाट नेपालको पर्यटन प्रवद्र्धन हुनेछ भन्ने हामीले अपेक्षा गरेका छौं,’– उनले भने ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुनिल शर्माले फोटो पत्रकारिता पर्यटन प्रर्वद्धनको महत्वपूर्ण साधन भएको र तालिमले फोटो पत्रकारहरुमा थप निखार ल्याउने बताए ।

जीविकोपार्जनका पुनःउत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) का जीवीकोपार्जन विज्ञ धर्म दवाडीले परियोजनाले अन्य क्षेत्रको तालिमसँगै फोटो पत्रकारिताको क्षेत्रमा पनि पत्रकारहरुको क्षमता अभिवृद्धि होस् भन्ने उद्धेश्यले तालिम आयोजना गरिएको बताए ।

उनले यस अघि पनि पत्रकार महिलाहरुकोमात्र सहभागितामा फोटा पत्रकारिता तालिम तालीम सम्पन्न भएको जानकारी दिए ।

तालिमको पहिलो दिन नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट तथा पत्रकारिताका उपप्राध्यापक टी.पी. भुसालले नेपालको कला, संस्कृति, नेपालको समग्र पर्यटनका साथै पर्यटन पत्रकारिताका क्षेत्र, पत्रकार आचारसंहिता लगायतका विषयमा बारेमा प्रशिक्षण दिएका थिए ।

यस्तै अर्का प्रशिक्षक किशोर श्रेष्ठले क्यामेराको संचालन, फोटोको महत्व यसका शैद्धान्तिक तथा व्यवहारिक पक्षका विषयमा प्रशिक्षण दिए ।
सहभागीलाई सुन्धारा, वसन्तपुर,रानी पोखरी लगायतका स्थानमा लगि प्रयोगात्मक कक्षा सञ्चालन गरिने एनएफपीजेका सदस्य तथगा तालिम संयोजक प्रदीप कुमार श्रेष्ठले बताए । Photo By: Mukunda Kalikote/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्