Logo

महामन्त्रीद्वयलाई प्रश्नः ‘देउवाले पार्टी चल्दैन भन्दैगर्दा देउवाबाटै सिकेको हुँ भन्नुले के सन्देश दिन्छ ?



काठमाडौं, ३ असार । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीतादेवी देवकोटाले पार्टी कमजोर बनाउने छुट कसैलाई पनि नरहेको बताएकी छन् । आज (बुधबार) पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले सभापतिलाई तथानाम बोलेर पार्टी कमजोर बनाउन नपाइने बताएकी हुन् ।

उनले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मातर्फ लक्षित गर्दै आफू पपुलर हुनका संस्थालाई बदनाम गराउने कुरामा नलाग्न आग्रह गरेकी छन् ।

‘पपुलर हुनका लागि संस्थालाई बदनाम गराउने कुरामा हामी नजाऔं । शेरबहादुर देउवाले पार्टी चल्दैन भन्दैगर्दा उही शेरबहादुरबाट सिकेको हुँ भन्नुले सन्देश के दिन्छ ?’– उनले भनिन् ।

अहिले अध्ययनका लागि विदेशिने विद्यार्थीको संख्या बढेको उनले बताईन् । वर्षको एक लाख विद्यार्थी विदेश अध्ययनका लागि जाँदा पचास अर्बभन्दा बढि रेमिट्यन्स बाहिरिएको उनको दाबी छ ।

‘महामन्त्रीज्यूहरुलाई केन्द्रीत गर्दै भन्न चाहन्छु । वर्षको एकलाख विद्यार्थी बाहिरिएका छन् । पचास अर्ब रेमिट्यान्स बाहिरिएको छ । आजको आवश्यकता हामीले खर्च गरेर महँगो स्कूलमा पढाएका हाम्रा भाईबहिनी, छोराछोरी यो देशमा कसरी राख्न सकिन्छ भन्ने योजना कहाँ छ ?’– उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस्