Logo

साँगामा यात्रुवहाक बस दुर्घटना



काठमाडौं, ३ साउन । काठमाडौंबाट काभ्रे जाँदै गरेको बस साँगामा दुर्घटना भएको छ । बा ४ ख ९३९६ नम्बरको यात्रुवहाक बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

घाइतेहरुको मध्यपुर ठिमीमा पाँच जनाको र डा.इवामुरा अस्पताल तीन जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था सामन्य रहेको पनि बताइएको छ । उक्त बसमा अन्य व्यक्तिहरु पनि सवार रहेका थिए ।

अन्य कसैलाई पनि चोट पटक नलागेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्