Logo

ललिता निवास प्रकरणः बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्दाहेर्दैमा



काठमाडौं, ३ साउन । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुको बन्दी प्रत्यक्षीकरणको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाश ढुंगाना र नहकूल सुवेदीको संयुक्त इजलासमा सुनुवाई भइरहेको उक्त रिटको सुनुवाई तीन दिनदेखि भइरहेको भएपनि आजपनि नसकिएको हो ।

रिटको सुनुवाई भोलि पनि निरन्तर हुनेछ । रिट निवेदकको तर्फबाट बहस गर्ने अधिवक्ताहरु धेरै भएकाले आज सुनुवाई नसकिएको बताइएको छ ।उक्त प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, डिल्लीबजार मालपोतका पूर्वकर्मचारी धर्मप्रसाद गौतम र नेपाल सरकारका बहालवाला सचिव कृष्णबहादुर राउतको तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो ।

ललिता निवास प्रकरणमा यसअघि अख्तियार दु्रुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरेको थियो । अख्तियारले चलाएको गुरुङसहितका प्रतिवादीको मुद्दा अहिले पनि विशेष अदालतमा विचाराधीन छ ।

 



प्रतिक्रिया दिनुहोस्