Logo

मतभेद केन्द्रीय समितिमा दर्ज गरौंला, अहिले प्रचण्डको भ्रष्टाचार विरोधी अभियानमा दृढतापूर्वक उभिऔंः सुवोधराज शेर्पाली



काठमाडौं, ४ साउन । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) का अध्यक्ष सुबोधराज शेर्पालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भ्रष्टाचारविरुद्धको कदममा दृढतापूर्वक उभिन पार्टी पंति र आम नागरिक माझ आग्रह गरेका छन् ।

पार्टी बनाउने कुरादेखि सरकार काम कारबाही प्रचण्डको वरिपरी गोलवद्ध भएर जाने उनको भनाई छ । पार्टीभित्रको मतभेदलाई आगामी केन्द्रीय समिति बैठकमा दर्ज गर्न आग्रह गर्दै उनले प्रचण्ड नेतृत्वको सरकारलाई सफल बनाउन र विभिन्न कम्युनिष्ट धारलाई एक शुत्रमा बाध्ने काममा सहयोग गर्न भनेका छन् ।

इतिहासको बचाउमात्रै नभएर प्रचण्ड नेतृत्वको अहिलेको सरकारले क्रान्तिकारी माओवादी इतिहासको संस्थागत गरेको उनको बुझाई छ ।

उनले जनयुद्धमा सबैलाई एकाकार गरेको वैचारिक हतियार प्रचण्डपथ अहिले सिङ्गो देशको बेथिति अन्त्य गर्ने दिशामा लागेको बताएका छन् । अहिले कम्युनिष्टबीच एकताको महत्वपूर्ण समय भएको उनले बताएका छन् ।

‘आज हामीले क.प्रचण्ड नेतृत्वको सरकारको हरेक निर्णयमा प्रचण्डपथीय विचार अभिव्यक्त भएको अनुभूत गर्छौं । यो बेला एकताको बेला हो । यो बेला जानतामा उर्जा लिएर जाने बेला हो यो बेला विभिन्न धारमा रहेका कम्युनिस्टहरू एकीकरण गरि विशाल कम्युनिस्ट पार्टी निर्माण गर्ने उपयुक्त मौका हो,’– उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

आशाहरु गुनासाहरुलाई साझा भण्डारणमा राख्दै प्रचण्डको नेतृत्वमा मुलकमा सुशासन कायम गर्ने राष्ट्रिय संकल्पकासहित अगाडि बढ्नसमेत उनले आग्रह गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्