Logo

हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिने पूर्वन्यायाधीश भट्टराईले दिए सम्बन्ध विच्छेदको निवेदन



काठमाडौं,५ साउन । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध संसदीय समितिमा उजुरी दिएर चर्चामा आएका अर्घाखाँची जिल्ला अदालतका पूर्वन्यायाधीश श्रीकृष्ण भट्टराईले सम्बन्ध विच्छेदको निवेदन दर्ता गरेका छन् ।

भट्टराईले जिल्ला अदालत लमजुंङमा जेठी श्रीमतीविरुद्ध सम्बन्ध विच्छेदको निवेदन दर्ता गराएका हुन् ।

विबाह गरेको ३८ वर्षपछि उनले जेठी श्रीमतीलाई विभिन्न प्रकारका आरोप लगाउँदै सम्बन्ध विच्छेद गर्न मुद्दा दर्ता गरेका हुन् ।

प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दर्ता गरेपछि नैतिकताको आधारमा भन्दै गत असार ११ गते उनले न्यायाधीश पदबाट राजीनामा दिएका थिए ।

जेठी श्रीमतीसँग सम्बन्ध विच्छेदको निवेदन दर्ता गराएका भट्टराईले २०५६ सालमा रामेछाप घर भएकी एक युवतीसँग दोस्रो विवाह गरेका थिए।



प्रतिक्रिया दिनुहोस्