Logo

गृहमन्त्री श्रेष्ठ त्रिभुवन विमानस्थलको आकस्मिक निरीक्षणमा



काठमाडौं,५ साउन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ  आकस्मिक रूपमा त्रिभुवन  विमानस्थलमा पुगेका छन् ।

बुधबार अपरान्ह हवाई मार्ग हुँदै भित्रिएको एक सय केजी भन्दा धेरै सुन बरामद भएपछि उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ शुक्रबार बिहान त्रिभुवन विमानस्थल पुगेका हुन् ।

गृहमन्त्रीसँगै नेपाल प्रहरीका आईजीपी बसन्त कुँवर, भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी पनि विमानस्थल पुगेका छन् ।

ठूलो टोलीसहित पुगेका गृहमन्त्री श्रेष्ठ भन्सार विभागका उपसचिव नारद गौतमले ब्रिफिङ गरेका छन्। उनले सामान जाँचपास हुने क्षेत्र र जाँचपासको विधिसहित विषयमा ब्रिफिङ गरेका हुन्।



प्रतिक्रिया दिनुहोस्