Logo

गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै एमाले निकट युवा संघ सडकमा (फोटोफिचर)



काठमाडौं, ५ साउन । नेकपा (एमाले) निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले एक सय किलो सुन तस्करी प्रकरणको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाहीको माग गरेको छ । युवा संघले आज (शुक्रबार) नयाँ बानेश्वरमा मसाल जुलुस प्रदर्शन गर्दै भरिया र ड्राईभर पक्राउ गरेर सुन तस्करीका मुख्य नाईकेलाई उन्मुक्ति नदिन सरकारको ध्यानाकार्षण गराएको हो ।

उनीहरुले ‘हाम्रो एयरपोर्ट सर्वसाधरणलाई सास्ती, सुन तस्करलाई मस्ती, सुन तस्करलाई पक्राउ गर’ लगायतका नारा लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

साथै, युवा संघले गृह प्रशानको संलग्नता विना उक्त सुन तस्करी हुन नसक्ने दाबी गरेको छ । उनीहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् । Photo by: Dinesh Chaudhary, Mukunda Kalikote / Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्