Logo

माओवादी नेता बिडारीको प्रश्नः ‘एमाले भ्रष्टाचारीको मतियार हो कि सेवक ?’



काठमाडौं, ६ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले अवैध सुन समातिएपछि एमाले आत्तिएको टिप्पणी गरेका छन् । एमालेले आत्तिएर गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको उनको आरोप छ ।

एमालेले मिटरव्याज सम्बन्धी समस्या समाधानका लागि विधेयक ल्याउँदै गर्दा संसद् चल्न नदिएको, नेपाली नागरिकलाई भुटानी शरनार्थी बनाउने प्रकरणमा संलग्न रहेकालाई पक्राउ गर्दा प्रधानमन्त्री प्रचण्डको राजीनामा मागको उनको आरोप छ । यी सबै घटनामा एमालेको संलग्नता र व्यवहार हेर्दा भ्रष्टाचारीको मतियार हो कि सेवक हो भन्ने छ्ट्टाउन गाह्रो भएको उनको टिप्पणी छ ।

‘जब सरकारले अवैध सुन समात्छ तब एमाले आत्तिएर गृहमन्त्रीको राजीनामा माग्छ । जब मीटरव्याजी तह लगाउन विधेयक पारित गर्ने दिन आउछ तब संसद चल्न दिदैन । जब नेपालीलाई भुटानी बनाउने गिरोहलाई सरकारले समात्छ, तब प्रमको राजीनामा माग्छ । जब सरकारी जग्गा नीजि बनाउनेलाइ सरकारले जेल हाल्छ, तब एमाले यो सरकार ढाल्नै पर्छ भन्छ । जब पिडितलाई राहत दिन विधेयक प्रमाणीकरण गर्ने बेला आउछ तब खोचे थापेर काम रोकी ढिलो गर्नको लागि वकिल खोज्न हिड्छ । यो भ्रष्टाचारीको मतियार हो की सेवक हो ? थाहा चाहियो,’– उनले सामाजिक सञ्जालमा लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्