Logo

दण्ड हीनतालाई प्रश्रय दिने विधेयक तत्काल खारेज गरिनुपर्छः शेखर कोइराला



काठमाडौं, ७ साउन । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नीति गत रुपमै कानुन बनाएर दण्ड हीनतालाई प्रश्रय दिने काम भइरहेको भन्दै आपत्ति जनाएका छन् । आज (आईतबार) पार्टीको जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले दण्ड हीनतालाई प्रश्रय दिने गरी संसद्मा रहेको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० तत्काल खारेज गरिनु पर्ने बताएका हुन् । उक्त विधेयक पारित भए दण्ड हीनताले संस्थागत रुप लिने उनको दाबी छ ।

‘मलाई सबैभन्दा चिन्ता लागेको के हो भने, नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो । दण्डहीनतालाई प्रश्रय गर्ने कानुनहरु बनाउन थालेका छौं । राज्यका जिम्मेवार निकायहरुकै कारण देशमा पछिल्ला दिनहरुमा दण्डहीनता बढेर गएको छ । नीतिगत रुपमै कानुन बनाएर दण्डहीनतालाई प्रश्रय दिने काम भइरहेको छ । हाल संसद्मै रहेको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० तत्काल खारेज गरिनु पर्छ,’– उनले भने ।

जनताले दण्डहीनताको अन्त्यका लागि कांग्रेसले नेतृत्वदायी भूमिका खेलोस् भन्ने अपेक्षा गरेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्