काठमाडौं,७ साउन । नेपाली कांग्रेसका सहमहामन्त्री एवं केन्द्रीय सदस्य जीवन परियारले पार्टीले दलित नेताहरुलाई उपेक्षा गरेको गुनासो गरेका छन् ।
आइतबार पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा आफ्नो धारणा राख्दै परियारले आपुहरुले पार्टीमा लामो समयसम्म महत्वपूर्ण योगदान गरेका नेताहरुलाई चुनावमा प्रत्येक्षतर्फ टिकट दिन आग्रह गरेपनि बेवास्था गरेको बताए ।
उनले भने “पार्टी सुधारको बहस गर्न र राजनीतिक सन्तुलन आवश्यक छैन भने भनौँ । विचारणीय भनौँ । भ्रातृ संस्था, जनसम्पर्क समिति विभाग गठन कार्यसमितिको पूर्णता किन हुन सकेको छैन । भ्रातृ संस्था बनाउँदा छलफल गरियो तर एकपक्षीय भयो भन्ने छ, बाँकी भ्रातृ संस्थालाई पूर्णता गर्दा सल्लाह गरियोस् । जातीय भेदवभाव र छुवाछुतका कुरा आएका छन् । अहिलेसम्म तीनजनाले मात्रै प्रत्यक्ष दलित समुदायबाट टिकट पाएका छौँ । यसपालिको निर्वाचनमा दलितलाई टिकट दिइएन ।”
परियारले आम निर्वाचनमा पार्टीको तर्फबाट मीन विश्वकर्मा, लक्ष्मी परियार, सुजता परियार र मानबहादुर विक र प्रकाश स्नेहीलाई विभिन्न जिल्लामा टिकट दिन आग्रह गरेपछि सुनुवाइ नभएको बताए ।