Logo

कांग्रेस केन्द्रीय समिति बैठकः २५ जनाले राखे आफ्नो धारणा



काठमाडौं, ७ साउन । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक गत साउन २ गतेदेखि जारी रहेको छ । बैठकमा केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा आज (आईतबार) २५ जनाले आफ्नो धारणा राखेका थिए ।

बैठकमा सहमहामन्त्रीहरु फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्रीप्रसाद पाण्डे र जीवन परियारले आफ्नो धारणा राखे ।

त्यसैगरी केन्द्रीय सदस्यहरु विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, चित्रलेखा यादव, अर्जुननरसिंह केसी, प्रवक्ता डा. प्रकाशशरण महत, डा. शेखर कोइराला, डा.मिनेन्द्र रिजाल, एनपी साउँद, श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, प्रदीपकुमार सुनुवार, विनोदकुमार चौधरी, भीम पराजुली र धना खतिवडाले आ–आफ्नो धारणा राखेका थिए ।

बैठकमा पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरु अर्थमन्त्री डा. महत, परराष्ट्रमन्त्री साउँद, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, युवा तथा खेलकूद मन्त्री डिगबहादुर लिम्बू र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले आफ्नो मन्त्रालयले हालसम्म गरेका कार्यहरुको प्रगति विवरण पेश गरेका थिए ।

केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रम जारी रहेको छ । कार्यसमितिको बैठक साउन ८ गते सोमबार दिउँसो ३ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्