काठमाडौं,७ साउन । सत्तारुढ नेकपा माओवादी केन्द्रका दोस्रो तहका ५ नेता भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।
माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सचिव चक्रपाणि खनाल नेताहरु रामेश्वर राय यादव, सत्या पहाडी र सुरेश राई भारत गएका हुन् ।
उनीहरु भाजपाको निमन्त्रणमा त्यता लागेका हुन् । छ दिनसम्म हुने भ्रमणको क्रममा भारतका दिल्ली लगायत विभिन्न सहरको अवलोकन गर्ने बताइएको छ । भ्रमणको क्रममा भाजपाका शीर्ष नेताहरूसँग भेटघाट तथा अन्तरक्रिया हुने बताइएको छ ।