Logo

कम्बोडिया भ्रमणमा रहेका ओलीसँग नाइजेरिया र श्रीलंकाका पूर्व राष्ट्रपतिको भेटवार्ता



काठमाडौं,८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नाइजेरियाका पूर्व राष्ट्रपति गुडलक जोनाथन र श्रीलङ्काका पूर्व राष्ट्रपति तथा वर्तमान संसद मैत्रीपाला सिरिसेनासँग भेटवार्ता गरेका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले जोनाथन र सिरिसेनासँग आइतबार कम्बोडियामा भेटवार्ता गरेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

कम्बोडियाको सातौं राष्ट्रिय व्यवस्थापिकाको आम निर्वाचनको पर्यवेक्षणमा पुगेका ओलीले जोनाथन र सिरिसेनासँग छुट्टा छुट्टै द्विपक्षीय भेटवार्ता गरेका हुन् । भेटमा द्विपक्षीय हितबारे कुराकानी भएको बताइएको छ ।

भेटमा अध्यक्ष ओलीसहित धर्म पत्नी राधिका शाक्य, एमाले उपमहासचिव विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, सांसद् एकनाथ ढकाल लगायत पनि सहभागी भएको ओलीको सचिवालयले जनाएको छ ।

अध्यक्ष ओलीले हिजो कम्बोडियामा भइरहेको आम निर्वाचनको पर्यवेक्षणसमेत गरेका थिए।

अध्यक्ष ओलीसँगै विभिन्न देशका २२ जना वरिष्ठ राजनीतिज्ञहरू अहिले निर्वाचन पर्यवेक्षणका लागि कम्बोडियामा छन् ।

अध्यक्ष ओलीले शनिबार शान्ति र लोकतन्त्रका लागि अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेका थिए । कम्बोडिया सरकारको निमन्त्रणामा निर्वाचन पर्यवेक्षणका लागि साउन २ गते कम्बोडिया प्रस्थान गरेका अध्यक्ष ओली नेतृत्वको नेपाली टोली आज साँझ नेपाल फर्कने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्