काठमाडौं,८ साउन । नेकपा एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले पाएका छन् ।
अध्यक्ष माधवकुमार नेपालले एक साता लामो इन्डोनेसिया भ्रमणमा गएपछि कार्यवाहकको जिम्मेवारी पाण्डेले पाएका हुन् ।
अध्यक्ष नेपाल आइतबार राति इन्डोनेसिया प्रस्थान गरेका छन् । त्यहाँ उनी पोलिटिकल समिटमा सहभागी हुने बताइएको छ ।
यसअघि पनि पार्टी अध्यक्ष नेपालले आफ्नो विदेश यात्राको क्रममा कार्यवाहकको जिम्मेवारी पाण्डेलाई नै दिँदै आएका थिए । पाण्डे प्रतिनिधिसभा सदस्य साथै बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्रीसमेत हुन् ।