Logo

ललिता निवास प्रकरण: नक्कली मोही बनेर जग्गा हडप्ने २ जना पक्राउ



काठमाडौं,८ साउन । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारेर अपचलन गर्ने कार्यमा संलग्न भएको आरोपमा थप दुई जना पक्राउ परेका छन् ।

नक्कली मोही बनेर सरकारी जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले सोमबार सञ्जयकुमार महर्जन र सकुलानन्द महर्जनलाई पक्राउ गरेको हो ।

सोमबार महर्जनद्धय पक्राउ परेसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ । यस प्रकरणमा हालसम्म पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलगायत पक्राउ परेर प्रहरीको हिरासतमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्