Logo

कांग्रेस कार्य समिति बैठक: २०८२ सालभित्र १५औं महाधिवेशन गर्न गगनको प्रस्ताव



काठमाडौं,८ साउन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको आउँदो १५औं महाधिवेशन २०८२ सालभित्र नै सम्पन्न गर्न प्रस्ताव गरेका छन् ।

पार्टीको ६ दिनदेखि जारी केन्द्रीय कार्य समितिको बैठकमा सोमबार आफ्नो धारणा राख्दै थापाले ०८३ सालमा महाधिवेशन गर्दा आम चुनावको मुखमा समय अभाव हुने भन्दै सो प्रस्ताव गरेका हुन् ।

उनले भने,‘चुनावको मुखमा महाधिवेशन हुँदा पार्टीको आन्तरिक द्वन्द्वको असर चुनावमा देखियो । ०८२ सालमा जसरी पनि महाधिवेशन गर्नुपपर्छ।’



प्रतिक्रिया दिनुहोस्