Logo

पपुलिजममा उदाएका नौजवानहरु फन्टुस हुन्ः घनश्याम भुसाल



काठमाडौं, ८ साउन । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले भ्रष्टाचारकै कारण समाजवादको यात्रा असफल भइरहेको बताएका छन् । आज (सोमबार) नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४६औं स्मृति दिवसको अवसरमा आयोजित ‘समाजवादी यात्राको चुनौतिः भ्रष्टाचार र दण्ड हीनता’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले समाजवादको यात्रालाई ठीक राख्ने हो भने स्वयमलाई भ्रष्टाचार विरोधी बनाउन आवश्यक रहेको बताएका हुन् ।

‘भ्रष्टाचार भन्ने औजार हुँदैन थियो भने संसारमा सर्वत्र समाजवाद आइसक्ने थियो । समाजवादको यात्रालाई ठीक राख्ने हो भने पार्टी स्वयमलाई भ्रष्टाचार विरोधी बनाउन सकिएन भने समाजवादको यात्रा सुरक्षित हुँदैन । एउटा गृहमन्त्री आएर भाषण र गोष्टी गरेर हुँदैन,’– उनले भने ।

अहिले देशमा पपुलिजमको लडाई चलिरहेको उनको भनाई छ । पपुलिजमको लडाईमा नारायणकाजीले नौजवानलाई जित्न नसक्ने उनले बताए । नौजवान फन्टुस भएको उनको भनाई छ । राजनीतिमा उदाएका नौजवानहरुले जे पनि गर्ने गरेको उनको भनाई छ ।

महासचिव भुसालले सरकारले भ्रष्टाचार काण्डका दोषीहरूलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताए । उनले नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणमा संलग्न भ्रष्टहरूलाई कडा कारबाही गर्न सरकारलाई सचेत पनि गराए ।  File Photo/RN 



प्रतिक्रिया दिनुहोस्