काठमाडौं,८ साउन । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीमा रहेको गुट उपगुटको अन्त्य नहुने बताएका छन् ।
सोमबारको पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै खड्काले विगतमा पनि पार्टीमा गणेशमान सिंह र विपी कोइरालाबीचमा पनि विचार र सिद्धान्तको गुट रहेको स्मरण गराउँदै प्रजातान्त्रिक पाटीमा गुट उपगुट हुन् सामान्य भएको दाबी गरे ।
“पार्टीभित्र विचार समूह हुन्छ, यसलाई नकारेर हुँदैन । विचार समूह हुन्छ । बीपी, गणेशमान, किसुनजीलगायतको पनि थियो । पार्टीभित्र निर्णय गर्दा अधिवेशनमा जाँदा कहिले काहीँ नीतिगत निर्णयमा जाँदा विचार समूह बन्छ । त्यसलाई व्यवस्थित गर्ने र सँगै लिएर जाने महत्वपूर्ण कुरा हो,” उनले भने ।