Logo

प्रधानमन्त्री प्रचण्ड र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता



काठमाडौं,९ साउन । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ ।

हिजो साँझ उनीहरुबीच राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा भेटवार्ता भएको हो । उक्त साइडलाइन वार्तामा उनीहरूबीच आपसी सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले हिजो नै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता गरेका थिए । सोमबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारले संक्रमणकालीन न्याय टुंग्याउन लिएको पहलबारे जानकारी गराएका थिए ।

गुटेरससँगको भेटवार्तामा उनले राष्ट्रसंघ र सम्बद्ध निकायसँग सहयोगको अपेक्षा रहेको बताएका थिए ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघीय खाद्य प्रणालीसम्बन्धी शिखर सम्मेलन २०२३ मा भाग लिन इटालीको रोम पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस्